सहगामी फाउण्डेशनले गर्यो महरानीमाई विद्यालयमा झोला वितरण
- sahgamifoundationi
- Dec 1, 2024
- 1 min read
जनकपुरधाम
भदौँ ६ गते ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि सहगाामी फाउण्डेशनले बिहिबार धनुषा जिल्लाको मिथिलाविहारी नगरपालिका वडा नं. १ भुतहीपर्टर्वा स्थित महरानी माई आधारभूत विद्यालयमा झोला वितरण गरेको छ ।
फाउण्डेशनका सचिव डा. अजय कुमार शाहको अध्यक्षतामा सो विद्यालयमा उपस्थित एक सय २५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । सो वडाका अध्यक्ष रामसोभित दाहाको प्रमुख आतिथ्यमा भएको झोला वितरणमा विद्यालयका शिक्षकहरुले सघाएका थिए ।

फाउण्डेशको उद्देश्य अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुको शैक्षिक विकासका लागि शैक्षिक सामग्रीहरु सहयोग गर्ने योजना अनुसार झोला वितरण गरिएको स्थानीयबासी समेत रहेका सचिव डा. शाहले जानकारी दिनुभयो । उहाँका बुवा समाजसेवी विक्रम प्रसाद साहको विशेष उपस्थितमा विद्यलार्थीहरुलाई झोला वितरण गरिएको छ ।

फाउण्डेशनको योजना अनुसार अगामी साता जिल्लाको सबैला नगरपालिकाको कुनै सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिने सचिव डा. शाहले जानकारी दिनुभयो ।झोला वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति ठाकुरको समेत उपस्थिती रहेको थियो ।
留言